धनगढीमा पहिलो पटक मिनि महोत्सव
धनगढीः राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा कैलालीको धनगढीमा दुई दिने मिनि महोत्सव सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको परिषरमा ३२ औ अपाङ्गता दिवसको अवसरमा आज (आईतवार) देखि मिनि महोत्सव सुरु भएको हो। अपाङ्ग महासंघका प्रदेश अध्यक्ष मानबहादुर साउँदले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शन गर्न महोत्सव गरिएको बताए।
उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुले आफैले निर्मित गरेका सामाग्री, अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका तथा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुको बायोग्राफी, अपाङ्गता भएका व्यक्तिहरुको सम्भावना र चुनौति विषयक अन्तरक्रिया लगायतका कार्यक्रम हुने जनाए। सो मिनि मार्टमा १० वटा स्टल समेत रहने उनको भनाई छ। उनले भने –‘अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले हेर्ने नजरलाई चिर्न र सरकारको विभेदपूर्ण शैली चिर्न आफै महोत्सवको आयोजना गरिएको हो।’
अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिने नीजि संस्था र स्रोत कक्षामार्फत अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिने भएको छ। मिनि महोत्सव धनगढीमा पहिलो पटक भएको हो।