सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चुरे क्षेत्रलाई पर्यटनसँग जोड्न पहल गरिरहेको छुँ’

२०८० मंसिर १५, ०८:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय सरकारकाबिच जिल्ला समन्वय समितिले पुलको काम गरेको बताएका छन्।

कैलालीको चुरे गाउँपालिकामा शुक्रवार आयोजित जिल्ला सभाको उद्घाटन गर्दै उनले जिल्ला समन्वय समितिको भूमिका राम्रो रहेको बताए। प्राकृतिक रूपले सुन्दर विशेष गरी ‘पहाडकी रानी’ भनेर चिनिने चुरे क्षेत्रलाई कृषि, पर्यटनसँग जोड्नका लागि चुरे सडक निर्माणमा आफूले पहल गरिरहेको मुख्यमन्त्रीको भनाइ थियो।

उनले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने तयारीमा जुटेको समेत सभालाई जानकारी गराए। उक्त सम्मेलनलाई सफल पार्नका लागि सहयोग गर्नसमेत मुख्यमन्त्री शाहले स्थानीय तहलाई आग्रह गरेका थिए।
 

कमेन्ट लोड गर्नुस