सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने

२०८० मंसिर १५, ०४:२५ खबर संवाददाता

काठमाडौंः  आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको छ। काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ। लिग टूको यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ। यो संस्करणमा ८ टीम नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन्। त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन्। नेपालले सबै देशसँग भ्रमण गर्नेछ। नेदरल्यान्ड्सले यसै पटकदेखि लिग–२ नै खेल्ने भएको हो।

नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो। तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो। लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन। आईससिीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ। यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो। यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए।
 

कमेन्ट लोड गर्नुस