सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्थानीय र प्रहरीबिच झडप, एक किशोरी घाइते

२०८० मंसिर १५, ०२:५८ खबर संवाददाता

धनगढीः बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

यसैबिच स्थानीय र प्रहरीबिच झडप समेत भएको छ। झडपमा परेर लम्कीचुहा–१ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ। अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ। मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेका गरेका छन्।

सोही क्रममा प्रहरीसँग उनीहरुको झडप समेत भएको छ। बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको थियो। लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल पुगाइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो। घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस