सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

२०७६ वैशाख २०, ०९:१३ खबर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको बैठक स्थगित भएको छ। शुक्रबार बोलाएको बैठकमा नेकपा र कांग्रेसले अवरोध गरेका हुन्। उपसभामुख उपमा देवले शुक्रबार प्रदेशसभा बैठकको सुरु गरेपछि नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जनता आवास कार्यक्रमको कार्य्विधिबारे सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने उद्घोष गरे। कुशवाहले जनता अवास कार्यक्रमको कार्यविधि संशोधन गरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए।

बैठकमा नेकपाकी सांसद ज्वाला साहले समेत जनता अवास कार्य्विधि सुधार नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस र नेकपा साँसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए। मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशसभा पुगेपनि बैठकमा सहभागी नै नभई फर्किएका छन्। कार्य व्यवस्था परामर्श समितिकै बैठकमा प्रतिपक्षीले अवरुद्व गर्ने जनाएपछि मुख्यमन्त्री बैठकमा सहभागी नभइकनै फर्किएका थिए।

प्रमुख प्रतिपक्षी एकमत भएर बैठक अवरुद्व गरेपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ। यसअघि वैशाख ११ गते, १६ गते बैठक आह्वान गरिए पनि बस्न सकेको थिएन।
 

कमेन्ट लोड गर्नुस