सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजाको सिको गर्दै संसदमा राष्ट्रपतिको सम्बोधनमा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण

२०७६ वैशाख २०, ०७:०४ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेकि छन्। राष्ट्रपति भण्डारीले संसदमा सम्बोधनमा क्रममा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण गथरेपछि अहिले सामाजिक सन्जालमा आलोचना सुरु भएको छ। पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो। राजतन्त्रको झल्को दिने गरि राष्ट्रपतिको सम्बोधनमा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण भएको भन्दै सामाजिक सन्जलामा टिका टिप्पणी भईरहेको छ। धेरैले यो अभ्यास लोकतन्त्रमा नभएको बताएका छन्।

सरकारका नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समावेश गरिएको छ। ४ वर्ष्भित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक र आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा ‘नेपालमा कोही भोको नपर्ने, भोकले कोही नमर्ने’ कार्यक्रम समावेश भएको छ। 
 

कमेन्ट लोड गर्नुस