सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजेल, पेट्रोलको मूल्य घट्यो 

२०८० मंसिर १५, ०६:१५ खबर संवाददाता

काठमाडौँ: नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

गएदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल–मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ।

यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ।आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ। तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।

हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ। यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख छ। लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको छ।

कमेन्ट लोड गर्नुस