सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फूलबारीका सामुदायिक पशुको गौशालामा व्यवस्थापन

२०८० मंसिर १४, ०९:५४

धनगढी : कैलालीको फूलबारीका सामुदायिक पशुको गौशालामा व्यवस्थापन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ क्षेत्रका सामुदायिक छाडा पशुको गौशालामा व्यवस्थापन गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ तुलसिबारीमा निर्माण गरेको गौशालामा आजबाट चौपायाको व्यवस्थापन गरिनको छ। गौशालाको निर्माणपछि, दाना, पराल र घासको व्यवस्थापन गरिएकाले आजदेखि चौपायाको व्यवस्थापन गरिएको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। बिहिवार फूलबारीमा रहेका करिब तीन सय छाडा चौपायालाई गौशालामा राखिएको हो।

गौशालामा चौपायाको हेरचाहको लागि ४ जना कर्मचारी राखिएको छ। दाना र घाँस पराल सहयोग स्वरूप माग्ने र किन्ने प्रक्रियामा रहेको धनगढी उपमहानगरपालिकाले बताएको छ।

 

कमेन्ट लोड गर्नुस