सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व प्रेस स्वतन्त्रता दिवसमा अनाथ बालबालिकालाई सहयोग

२०७६ वैशाख २०, ०६:४८

विश्व प्रेस स्तन्त्रता दिवस शुक्रबार सुदूरपश्चिममा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ। सोही अवसरमा नेपाल पत्रकार महासंघ, कैलाली शाखाले भने अनाथ बालबालिकालाई सहयोग गरेर दिवस मनाएको छ। धनगढीमा रहेको आमाको माया छात्रवासमा आश्रय  लिएर बसेका  विद्यार्थीहरुलाई स्टेसनरी र खाद्यान्न हस्तान्तरण गरेको हो। चामल, दाल, कपी, पेन्सिल लगायतका सामाग्री  विद्यार्थीलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष जगत साउदले जानकारी दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपसभापति उमिद प्रसाद वागचन, पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्याल लगायत धनगढीमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो। छात्रवासमा ३५ जना अनाथ तथा असहाय बालकहरु आश्रय लिएर बसेका छन्।

कमेन्ट लोड गर्नुस