सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नदीजन्य पदार्थ चोरी गरिरहेका दुई ट्रयाक्टर प्रहरी नियन्त्रणमा

२०८० मंसिर १४, १२:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नदीजन्य पदार्थ चोरी गरिरहेका दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको उत्तरी क्षेत्र बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। कृष्णपुर नगरपालिका–१ बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

वाणी प्रहरी चौकी र अस्थायी प्रहरी बिट पहरियाको टोलीले अवैध रूपमा बन्डखोला दोहन गरेर नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रलीसहित दुवै ट्रयाक्टर नियन्त्रणमा लिएको जनाइएको छ। वाणी प्रहरीका अनुसार से. १ त ९८०५ र से. १ त ६४७६ नम्बरका ट्याक्टर सातादेखि प्रहरीको नियन्त्रणमा छन्।

दुवै ट्रयाक्टर खोलामा हालेर बालुवा चोर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले ती दुवै ट्रयाक्टर वाणी प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले नियन्त्रणमा लिएका ट्रयाक्टर नगरपालिकालाई बुझाउने बताए।

कमेन्ट लोड गर्नुस