सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक बन्द नगराएका इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

२०८० मंसिर १३, ०४:४३ खबर संवाददाता

काठमाडौँः नेपाल दूरसञ्चार प्राधिकरणले बुधवारभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

प्राधिकरणबाट इजाजत लिएका १३० वटा कम्पनीमध्ये ५५ वटा सेवा प्रदायकहरुले अहिलेसम्म आफ्नो सेवा बन्द भएको वा नभएको भन्ने जानकारी नदिएकाले बुधवारभित्र यसबारे जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको हो।

सरकारले कार्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई टिकटक बन्द भए÷नभएको जानकारी गराउन भनेको थियो। टिकटक बन्द नगराएका र सम्पर्कमा नआएका कम्पनीलाई ५ लाख रुपैयाँसम्म जरिवानासाथै लाइसेन्ससम्म रद्द गर्ने गरी प्राधिकरणले कारबाही गर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस