कैलालीमा एक घरमा आगलागी

२०८० मंसिर १२, ०८:०७
धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो।
आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षती भएको छ। प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।




कमेन्ट लोड गर्नुस