सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गाउँपालिका अध्यक्षका सालाले कर्मचारी कुटे

२०७६ वैशाख २०, ०२:३९ खबर संवाददाता

डोटी–जिल्लाको सायल गाउँपालिकाका अध्यक्ष तजवहादुर डम्रेलका सालाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट गरेका छन्। गाउँपालिकाका अध्यक्ष डुम्रेलका आफ्नै साला पदम रोकायाले गाउँपालिकाका सूचना प्रबिधि अधिकृत नरेश महरामाथि कुटपिट गरेका हुन्। मोटरसाईकलको चाबी नदिएको भन्दै आफुमाथि कुटपट गरेको महराले बताए। महराका अनुसार चावी नदिएको भन्दै कुटपिटमा उत्रिएका गाउँपालिका अध्यक्षका साला रोकाया एकैछिनपछि ६÷७ जनाको हुल ल्याएर कार्यालय छिरेका थिए। ‘फेरी तथानाम गाली सहित कुटपिट गर्न थाले,’ महराले भने,‘दोस्रो पटक गाउँपालिकाका अध्यक्ष पनि कार्यालयमै थिए। केही बोलेनन्।’

गाउँपालिका अध्यक्ष डुम्रेलले भने महरा र ओभरसियर जंग साउँदबीचमा मात्रै बिबाद भएको दाबी गरेका छन्। उता कर्मचारीमाथि कुटपिट भएपछि शुक्रबार गाउँपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर लगाएका छैनन्। प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीहरुले कार्यालय समयमा कार्यकक्षमा आई कर्मचारीमाथि हमला गर्ने घटनाको भत्सर्ना गर्दै दोषिलाई कार्बाहीको माग गरेर प्रेस बिज्ञेप्ती जारी गरेका छन्। यस्तै बिहिबारै गाउँपालिकाको ‘लेटर हेड’मा प्रमुख प्रशासकिय अधिकृतको दस्तखत सहित डौड प्रहरी चौकीमा कारबाहीको माग गर्दै निवेदन पेश गरिएको छ। जसको बोदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डोटीलाई जनाईएको छ।
 

कमेन्ट लोड गर्नुस