सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ९५ प्रतिशत पाठ्यपुस्तक आपूर्ती

२०७६ वैशाख २०, ११:४७ जनक विष्ट

सुदूरपश्चिममा चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने झण्डै ९५ प्रतिशत पाठ्यपुस्तक आपूर्ती गरिएको दावी गरिएको छ। गत विगतका वर्षमा शैक्षिक सत्रको मध्य सम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने गरेपनि यसवर्ष भने समयमै पाठ्यपुस्तक आपूर्ती गरिएको जनक शिक्षा समाग्री केन्द्रले जनाएको छ। जनक शिक्षा समाग्री केन्द्र धनगढीका प्रमुख भुमिन्द्र बोहोराले बीहिबार सम्म मागको ९५ प्रतिशत पाठ्यपुस्त वितरण गरिसकेको जानकारी दिए। जनक शिक्षा समाग्री केन्द्रले बीहिबार सम्म प्रदेशका नौ वटै जिल्लामा २२ लाख १३ हजार थान पाठ्यपुस्तक विरण गरिसकेको जनाएको छ भने विविध कारण पाठ्यपुस्तक नपुगेका ठाउँबाट माग आएकाले केही दिन भित्रै वितरण गरिने जनाएको छ।  

गत वर्ष  सुदुरपश्चिममा २२ लाख ९० हजार थान पाठ्य पुस्तक बिक्री वितरण गरिएकोमा  यसवर्ष पनि सोही हाराहारी पुग्ने अनुमान गरिएको छ। गत विगतमा पाठ्यपुस्तक छपाईमा हुने ढिलाई तथा फितलो व्यवस्थापन लगायतका कारणले शैक्षिक सत्रको मध्य सम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्ने गरेको थिएन तर यसवर्ष भने ती कुराहरुमा सुधार गरिएका कारण समयमै पाठ्यपुस्तक बिक्रि वितरण गरिएको जनक शिक्षा समाग्री केन्द्रको दावी रहेको छ। अहिले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक नीजि प्रकाशन गृहले समेत विक्रि वितरण  गर्न पाउने भएपछि पनि केही सजिलो भएको बताईएको छ।

सुदूरपश्चिमका दुरदराजका विद्यार्थीले विगतमा शैक्षिक सत्रको मध्य सम्म पाठ्यपुस्तक नपाउने समस्याका कारण पठनपाठनमा समेत ढिलाई हुने गरेको थियो। तर यसवर्ष भने शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पाउँदा पठनपाठन समेत चाडै सुरु भएकाले सिकाई उपलब्धी हुने आत्म विश्वास पलाएको  विद्यार्थीहरुले बताएका छन्। दार्चुलाको व्यास गाउँपालिका ६ को हिमालय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै आएका सुवास सिंह धामीले यसवर्ष समयमै पाठ्यपुस्तक पुगेपछि समयमै पढाई सुरु भएको हुँदा सिकाई उपलब्धी राम्रो हुने बताए।  

विगतमा ढिलोगरी पाठ्यपुस्तक पुग्दा पढाई प्रभावित हुर्दै आएको थियो। दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा लगायत जिल्लाका विकट ठाउँका विद्यार्थीले शैक्षिक सत्रको मध्य सम्म पनि पाठ्यपुस्तक नपाउँदा समस्या हुदै आएको थियो। हिमालय माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र बडालले पनि यसवर्ष भने समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेकाले समयमै पढाई सुरु भएकाले शिक्षण सिकाई प्रभावकारी हुने विश्वास  व्यक्त गरे। तर जनक शिक्षा समाग्री केन्द्रले विभिन्न कारणले हाल सम्म पाठ्यपुस्तक नपुगेका स्थानमा समेत समयमै ढुवानी गर्नुपर्ने सुझाव दिईएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस