सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता

२०८० मंसिर १२, ०८:३० खबर संवाददाता

बझाङः बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता भएका छन्। बझाङ जिल्ला घर भई हाल कैलालीको जोशिपुर गाउँपालिका-५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती गत शुक्रवारबाट सम्पर्क विहीन भएका हुन्।

शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए। शेरबहादुरलाई कसैले देखे वा भेटेमा ८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस