डडेल्धुरामा दुई पालिकाको जिम्मेवारी एउटै अधिकृतलाई

२०८० मंसिर ११, ०४:५५
डडेल्धुराः डडेल्धुरामा दुई पालिकाको जिम्मेवारी एउटै अधिकृतलाई दिइएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङलाई नवदुर्गा गाउपालिकाको समेत जिम्मेवारी दिइएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा गाउँपालिकको पनि जिम्मेवार दिएको हो। सोमवार एक कार्यक्रमकाबिच नवदुर्गा गाउँपालिकामा प्रशासकीय अधिकृत तामाङको स्वागत गरेर दोहोरो जिम्मेवारीमा बहाल गराएको छ।




कमेन्ट लोड गर्नुस