सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०७:१९ खबर संवाददाता

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ। हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

शुक्रबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको हो। पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ। काठमाण्डौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। 

अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनुपरेको उनले बताए। अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस