सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका शेख मुनिर पक्राउ

२०८० मंसिर १०, ०९:३६ खबर संवाददाता

धनगढीः धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट आज (आइतवार) नियन्त्रणमा लिइएको हो। उनलाई गाडी कब्जा गरेको अभियोगमा ठाडो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालका अनुसार उनलाई सोहि मुद्दामा अनुसन्धानका लागि समातिएको हो। आज (आइतवार) उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको एसपी पालले बताए। प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्।

उनीविरुद्ध ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका मुद्दा प्रहरीमा दर्ता रहेको बताइएको छ। केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस