सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला सदस्यले अनैतिक सम्वन्ध राखेको आरोप लागेपछि कैलालीको लम्कीमा हंगामा

२०७६ वैशाख १९, ०६:३९ खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ४ कि एक महिला सदस्यले अनैतिक सम्वन्ध राखेको आरोप लागेपछि विवाद बढेको छ। वडा नम्वर ४ कि सदस्य उर्मीला बगालेमगरले अनैतिक सम्वन्ध राखेको भन्दै उनका श्रीमानले सम्वन्ध विच्छेदका लागि नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि विवाद बढेको हो। वडा सदस्यको पुर्णीया सामुदायिक वनका अध्यक्ष गंगवहादुर थापामगरसंग अनैतिक सम्वन्ध रहेको भन्दै उर्मीलाका श्रीमानले श्रीमतीसंग सम्वन्ध बिच्छेद गरि पाउँ भन्दै न्यायिक समितिमा उजुरी दिएका थिए। तर न्यायिक समितिमा विवाद बढ्दै गएपछि उक्त विवाद अहिले ईलाका प्रहरी कार्यालय लम्की सम्म पुगेको छ।

न्यायिक समितिमा सम्वन्ध विच्छेदको उजुरीमा मेलमिलाप गराउन पाउने भएपनि फैसला नै गर्ने अधिकार नभएकाले विवाद ईलाका प्रहरी सम्म पुगेको हो। स्थानीय वासिन्दाले वडा सदस्यको सामुदायिक वनका अध्यक्षसंग लामो समयदेखि अनैतिक सम्वन्ध भएपनि नगरपालिकाका जनप्रतिनिधिहरुले मिलाउन खोजेको आरोप लगाएका छन्। यता नगरपालिकाका मेयर महादेव बजगाईले भने सम्वन्ध विच्छेदको उजुरी न्यायिक समितिले नहेर्ने भएकाले ईलाका प्रहरी कार्यालयमा पठाएको बताए। अहिले ईलाका प्रहरी कार्यालयले सबै पक्षलाई बोलाएर छलफल गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस