सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐतिहासिक ‘छेडेदह’ तालको अस्तित्व संकटमा, जनप्रतिनिधि बेखबर

२०८० मंसिर १०, ०४:०९ खबर संवाददाता

धनगढीः ऐतिहासिक छेडेदह तालको अस्तित्व संकटमा परेको छ। बाजुराको छेडेदह ताल उचित संरक्षणको अभावमा ओझेलमा परेको छ।

छेडेदह गाउँपालिकाभित्र पर्ने सो ताल पर्यटकीय दृष्टिकोणबाट पनि अति रमणीय छ। खप्तड छेडेदह गाँउपालिकामा रहेको उक्त ताल संरक्षणमा तीन तहकै सरकारको ध्यान जान सकेको छैन्। प्राकृतिक रुपमा अनुपम उक्त तालको संरक्षणमा तीन तहकै सरकारले चासो दिनुपर्ने स्थानीयको माग छ।

तालको संरक्षण र प्रवद्र्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भए पनि जिम्मेवार निकायबाट भने बेवास्ता हुँदै आएको छ। मुलुकमा संघीयता आएको करिब ७ वर्ष पुग्नै लाग्दा समेत यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा कसैको ध्यान जान सकेको छैन्। जनप्रतिनिधि फेरिए पनि तालको अवस्था झनझन ओझेलमा पर्दै गएको छ। नेताहरुले सो ताललाई भोट बैंकको रुपमा मात्र उपयोग गर्दै आएको स्थानीयको गुनासो छ।

No description available.

तालको संरक्षण, प्रवद्र्धन, प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटकलाई भित्र्याउने विषयमा समेत गाउँपालिसँग कुनै कार्यक्रमसम्म नभएको स्थानीय बताउँछन्। पालिकाले तालको प्रवद्र्धनका लागि दीर्घकालिन रणनीति तयार गरेको भए पनि कार्यान्वयनमा अझै आएको छैन्। प्रदेश र संघीय सरकारले पनि जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि वर्षेनि बजेट बिनियोजन गर्दै आएको भए पनि छेडेदहमा कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन्।

बर्सेनि छेडेदह ताल भ्रमणका लागि करिब दुई हजार बढीको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। गत भदौमा छेडेदह साहित्य प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा तालको संरक्षण र विकासका लागि नेताकार्यकर्ता तथा जिम्मेवार निकायका प्रतिनिधिहरुले सामुहिक प्रतिबद्धता जनाए पनि कुनै काम हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस