डडेल्धुराको भागेश्वर गाउँपालिकाद्धारा ५ उद्यमीलाई सम्मान

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले पाँज जना उद्यमीलाई सम्मान गरेको छ। गाउँपालिकाले नवौं उद्योग दिवसको अवसरमा पालिकाभित्रका विभिन्न वडाबाट एक÷एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए।
‘स्वदेशी उत्पादन उद्यमीको सम्मान’ भन्ने नारासहित वडा–१ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा–२ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा–३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा–४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा–५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाडलाई सम्मान गरिएको हो।
शनिवार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरेको बताए।



