सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्याय प्रणालीलाई प्रभावकारी बनाउने अनुभवी विषयविज्ञको आवश्यकता : मुख्यमन्त्री गुरुङ

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०५:१८ खबर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषदमा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार पोखरामा गरेको मुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै उनले विषयविज्ञ बाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने बताका छन।

न्याय प्रणालीलाई व्यवस्थित नगरि सुशासन र समृद्धिको कल्पना गर्न नसकिने भन्दै उनले न्याय प्रणालीलाई प्रभावकारी बनाउने अनुभवी विषयविज्ञको आवश्यकता रहने बताए। उनले भने, विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था बदलिए पनि कानून बदलिन नसक्दा जनताले परिवर्तनको महसुस गर्न पाएनन्। मुलुक सङ्घीयतामा गइसक्दा पनि कानून निर्माणकर्ताले केन्द्रिकृत तवरबाटै कानून बनाउँदा एकल अधिकारमाथि हस्तक्षेप भएको समेत उनको आरोप छ। 

नयाँ अभ्यास भएकाले सङ्घीय सरकार र प्रदेश सरकारमा अन्तरवन्द्व देखिन सक्ने भन्दै यसलाई बेलैमा ध्यान दिएर अघि नबढे विकासको बाधक बन्न सक्नेतर्फ समेत ध्यान दिन उनले आग्रह गरेका छन्। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १७० सरोकारवाला व्यक्तिको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस