सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवाले गरेको फायरवर्डस सम्मेलनमा परिवर्तन बारे बहस र चर्चा

२०७६ वैशाख १९, ०५:०८

काठमाडौँ– फायरवर्डस मिडियाले आयोजना गरेको फायरवर्डस सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपालीकांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले गरेका थिए। राजनितिज्ञ, युवा, व्यवसायी सहभागिकार्यक्रममा परिवर्तनबारे चर्चा र बहस गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रकायुबा, उद्यमी, व्यवसायी र राजनीतीक व्यक्तिबीच समूहमा छलफल भएको थियो।

राजनीतिक प्यानलमा नेकपाकी नेतृ बिन्दा पाण्डे, पुर्बाधार विद् डा.सुर्य राजआचार्य, नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमगाइले कहिले, कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए। उद्यमीबीच भएको छलफलमा ज्योति बिकाश बैंकका सिइओ मनोज ज्ञावली, इ–सेबाकासिइओ अस्गर अली, ग्लोकलप्रा.लिका इडी. आशिष ठाकुर सहभागी भए।

युथ प्यानलमा नेतृ रन्जु दर्शना, अनेरास्ववियूका महासचिब ऐन महर, नेपाली बिद्यार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस.एन.वाइ.सि का फाउन्डर सरोज बानिया थिए भने ट्रेनर रबिन कटुवालले युबाहरुले नेपालमै बसेर कसरी कामगर्ने? सफल कसरी हुने?भन्ने बिषयमा चर्चा गरे।

युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ, परिबर्तन सम्भब छ भन्ने कुराको जानकारी दिनकालागि कार्यक्रमको आयोजना गरिएको आयोजक फायरवर्डस मिडियाका सिइओ अशोक रोकयाले जानकारी दिए। फायरवर्डस मिडिया धनगढी स्थायी घर भएका युवाहरुले सञ्चालन गरेको संस्था हो। उक्त कार्यक्रमको संयोजक देवेन जोशी थिए।
 

कमेन्ट लोड गर्नुस