सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको विद्यार्थी टोली भूकम्प प्रभावित क्षेत्र तिर प्रस्थान

२०८० मंसिर ८, ०४:३८ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीको विद्यार्थी समूह भूकम्प प्रभावित क्षेत्र तिर प्रस्थान गरेको छ। सुदूरपश्चिमबाट १० जनाको टोली भूकम्प प्रभावित क्षेत्र तिर लागेको हो।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्वयुका अनुसार कैलाली जिल्ला कमिटीको एक टोली जाजरकोट र रुकुम पश्चिम तिर लागेको छ। भूकम्प प्रभावितहरूका लागि अस्थायी टहरा निर्माणका लागि उनीहरू प्रभावित क्षेत्र तिर गएका हुन्।

एकीकृत समाजवादीको प्रदेश पार्टी कार्यालयबाट पोलीट व्युरो सदस्य परमानन्द भट्ट र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्र्चाज दीर्घ सोडारीले उक्त टोलीलाई टिका लगाएर शुक्रवार बिदा गरेका छन्। उनीहरुले भूकम्प पीडितका अस्थायी टहरा निर्माणका लागि स्वयंसेवकको रूपमा काम गर्ने छन्। अनेरास्ववियुका कैलालीका अध्यक्ष रमेश बोहराका अनुसार कैलालीबाट ६ जना र कञ्चपुरबाट ४ जना गरेर १० जनाको समूह भूकम्प प्रभावित क्षेत्र तिर लागेको हो।

उनीहरूले प्रभावित क्षेत्रमा एक हप्ता काम गर्ने छन्। अनेरास्ववियूको केन्द्रीय निर्णय अनुसार ७७ वटै जिल्ला कमिटिहरूले टोली सो क्षेत्रमा पठाएको छ। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको ठुलो मानवीय र भौतिक क्षति पुराएको थियो।

 

कमेन्ट लोड गर्नुस