सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०४:५६ खबर संवाददाता

प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।  बिहीबार संवाद तथा सुझाव आयोगका संयोजक डा.हरिवंश झाले  प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएका हुन। 

२०७५ कार्तिक ११ गते प्रदेश सरकारले प्रदेशको नाम र राजधानीको टुंगो लगाउन डा.हरिवंश झाको नेतृत्वमा  ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो। आठवटै जिल्लामा गएर आयोगले राजानीतिक दलका प्रतिनिधि, पत्रकार, वकिल, बुद्धिजीवी नागरिक समाज तथा सर्वसाधारणसँग प्रदेश २ को नाम र राजधानीको विषयमा सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको हो।

८ सय प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको छ आयोगका संयोजक झाले बताए। सो कार्यमा आयोगले ३० लाखमध्ये १७ लाख रुपैयाँ खर्च गरेको जनाएको छ।

यस्तै प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी छिटो टुंग्याउन आयोगबाट प्राप्त प्रतिवेदन चाँडै प्रक्रियामा बढाउने बताए। उनले सबैको चासो प्रदेशको नाम र राजधानीप्रति रहेकाले यथाशीघ्र टुंग्याउने बताए।  प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेशसभाको दुई तिहाई बहुमत चाहिन्छ। उक्त प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो। 

 

कमेन्ट लोड गर्नुस