सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक जनाको मृत्यु, ५ जना घाइते

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०४:३६ खबर संवाददाता

करेन्ट लागेर संखुवासभामा एकजनाको मृत्यु भएको छ भने अन्य पांच जना घाइते भएका छन। बुधबार सांझ साढे सात बजे अचानक रुपमा विद्युतको झट्का लाग्दा सभापोखरी गाउँपालिका ६ स्वाचीका २३ वर्षीय भुपाल विस्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शिवनारायण यादवले जानकारी दिए। 

यस्तै सभापोखरी गाउँपालिका वडा नं.–६ का ३६ वर्षीय तारा विश्वकर्मा, १४ वर्षीया मन्जु विश्वकर्मा र ६५ वर्षीया भगवती विश्वकर्मा गम्भीर घाईते भएका छन। विद्युत्तको झट्काले उनीहरुको हातको छाला पिल्सिएकाले थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ। 

यस्तै ६० वर्षीय कुलबहादुर विश्वकर्मा र ५६ वर्षीय धनमान वनेमको अवस्था भने साभान्य रहकोले उनीहरुलाई सभापोखरी गाउँपालिकाकै बाह्रबिसे मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घरमा जडान भएको विद्युत लाइन बत्ती बाल्ने र मोबाइल फोन चार्ज गर्ने क्रममा लागेको झट्काले सो घटना भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस