सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसपार्क धनगढीमा बाजुरा होटल खुल्यो

२०८० मंसिर ६, ०६:५४ खबर संवाददाता

 

धनगढी:धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्कमा बाजुरा होटल खुलेको छ । बुधवार होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशब पाण्डेले होटलेको उद्घाटन गरेका हुन्।

बाजुरा होटलमा बाजुरामा उत्पादन भएको आलु , कोदो, फाँपर र मकैको परिकार तथा खाना पाइने सञ्चालक लिला जोशीले बताएका छन्। होटेलमा शाकाहारी खाना सहित चिकेन खाना खुवाउने व्यवस्था रहेको सञ्चालकले बताएका छन्। होटल सञ्चालक जोशी पुराना होटल व्यवसायी हुन्।

बाजुरा होटलमा पहाडी अर्गानिक खाद्यवस्तुको विभिन्न परिकार उपलब्ध हुनेछन्। बाजुरा बुढीगंगा नगरपालिका घर भएका सञ्चालक जोशीले झण्डै २ करोड ३५ लाखको लगानीमा होटल सञ्चालनमा ल्याएका हुन्।

कमेन्ट लोड गर्नुस