सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको निर्माणमा तिव्रता नदिए आन्दोलनको चेतावनी

२०७६ वैशाख १९, ०४:१५ खबर संवाददाता

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माणमा तिव्रता नदिए आन्दोलनको चेतावनी दिईएको छ। निर्माणको अवधी सकिनै लागेको बेला पनि प्रगती निराशाजनक देखिएपछि स्थानीय युवाहरुले निर्माण तिव्र गतिमा नभए आन्दोलनको चेतावनी दिएका हुन्। निर्माणमा निकै ढिलाई भईरहेको र सडक क्षेत्र धुलाम्य भएको भन्दै नागरिक अगुवाहरुले आयोजना कार्यालयको ध्यानाकर्षण गर्दै आन्दोलनको चेतावनी दिएका हुन्।

विगतमा ६ लेन सडकको निर्माणका लागि भएको आन्दोलनमा अगुवाई गरेका स्थानीय युवा मदन भट्ट, चुन्नु केसी लगायतले आयोजना प्रमुख, ईन्जियर र निर्माण व्यवसायीहरुलाई सडक निर्माणमा गति दिन माग गरेका हुन्। उनीहरुलाई आयोजना कार्यालयले एक हप्ता भित्रै निर्माण्मा तिव्रता दिने आश्वासन दिएको छ। एक हप्ता सम्म पनि धुलाम्य सडकको समस्या समाधान नभए र निर्माणको गति तिव्र नपारे आन्दोलनमा उत्रीने चेतावनी दिईएको हो। स्थानीय युवा भट्टले एक हप्तामा पनि समस्या समाधान नभए संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम अगाडी बढाउने दावी गरे। 
 

कमेन्ट लोड गर्नुस