सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायती रक्षा मन्त्री बर्खास्त

२०७६ वैशाख १९, ०२:४४ खबर संवाददाता

बेलायती रक्षामन्त्री गभिन विलियम्सनलाई पदमुक्त गरिएको छ। राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंग गरेको आरोपमा उनलाई गरिएको हो। बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएका कारण उनलाई पदबाट हटाइएको हो। विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको जनाएको छ।  प्रधानमन्त्री टेरिजा मेको अध्यक्षतामा भएको बैठकमा फाइभजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो। 

तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो। हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क सञ्चालन गर्न पहुँच दिएको खबर द डेली टेलिग्राफमा प्रकाशित भएको थियो। जसमा रक्षा मन्त्री विलियम्सनको संलग्नता भेटिएको प्रधानमन्त्रीको भनाइ छ, र उनलाई यही अभियोगकै बीच पदबाट हठात बर्खास्त गरिएको जनाएको छ।  बेलायती प्रधानमन्त्रीले गोप्य सूचना चुहाउनुका साथै कतिपय छानबिनमा असहयोग गरेको पनि आरोप लगाएका छन्। 

तर विलियम्सनले भने आफूमाथि लगाइएका सबै अभियोग इन्कार गरेका छन्। विधिपूर्वक आफूलाई हटाउन सकिने भए पनि प्रक्रिया मिचेर हटाइएको समेत उनको आरोप छ। रक्षामन्त्री पदबाट बर्खास्त भएपछि उक्त ठाउँमा नयाँ व्यक्तिले अवसर पाउने भएका छन्। पेनी मोर्डन्टले अब रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस