सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजास्थित राष्ट्रसंघीय विद्यालयमा इजरायलको आक्रमण, १२ प्यालेस्टिनीको मृत्यु

२०८० मंसिर ५, ०६:१७ खबर संवाददाता

मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु  भएको छ। आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

इजरायली तोपखानाले विस्थापित मानिस बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीलाई मारेको  मन्त्रालयले जनाएको छ। विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा  आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन्।

हालको हमास–इजरायल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस्ता संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन्। यो अवधिमा एजेन्सीका १०४  कर्मचारीको मृत्यु भएको छ। द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिमध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने लाखौँ सडकमा आश्रयविहीन छन्।

कमेन्ट लोड गर्नुस