सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण कम्पनीले भुक्तानी नपाउँदा धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण ठप्प

२०७६ वैशाख १९, ०२:२२ खबर संवाददाता

निर्माण कम्पनीले भुक्तानी नपाउँदा धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण ठप्प रहेको छ। ६ लेन सडक अन्तरगत ठेक्का नम्वर एक अर्थात मोहनापुलदेखि बोराडाँडी सम्मको निर्माण ठप्प रहेको हो। मोहनापुलदेखि बोराडाँडी सम्म निर्माणको जिम्मेवारी पाएको नागार्जुन निर्माण सेवाले आयोजना कार्यालयले लामो समयदेखि भुक्तानी नदिएकाले निर्माणको काम अगाडी बढाउन समस्या भएको जनाएको छ। निर्माण कम्पनीले झण्डै डेढ करोड भुक्तानी पाउँन बाँकी रहेको जनाएको छ। इन्धनको मात्रै दक्षिणकाली आयल स्टोरलाई ५० लाख दिन बाँकी रहेकाले इन्धन समेत खरिद गर्न नसक्दा निर्माणको काम अगाडी बढाउन नसकेको गुनासो नागार्जुन निर्माण सेवाले गरेको छ। यता मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका ईन्जिनियर खगेन्द्र शाहीले लामो समय सम्म आयोजना प्रमुख नहुँदा भुक्तानीमा समस्या भएको बताए। उनले पटक–पटक आयोजना प्रमुख फेरिदा भुक्तानीमा समस्या भएको बताए। 

यता निर्माणमा निकै ढिलाई भईरहेको र सडक क्षेत्र धुलाम्य भएको भन्दै नागरिक अगुवाहरुले आयोजना कार्यालयको ध्यानाकर्षण गरेका छन्। विगतमा ६ लेन सडकको निर्माणका लागि भएको आन्दोलनमा अगुवाई गरेको स्थानीय युवा मदन भट्ट, चुन्नु केसी लगायतले आयोजना प्रमुख, ईन्जियर र निर्माण व्यवसायीहरुलाई सडक निर्माणमा गति दिन माग गरेका हुन्। उनीहरुलाई आयोजना कार्यालयले एक हप्ता भित्रै रोकिएको भुक्तानी दिएर निर्माणलाई तिव्र रुपमा अगाडी बढाउने आश्वासन दिएको छ। एक हप्तासम्म पनि धुलाम्य सडकको समस्या समाधान नभए र निर्माणको गति तिव्र नपारे आन्दोलनमा उत्रीने चेतावनी पनि दिईएको छ। स्थानीय युवा भट्टले एक हप्तामा पनि समस्या समाधान नभए संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम अगाडी बढाउने दावी गरे। 
 

कमेन्ट लोड गर्नुस