सुदूरपश्चिममा घुस सहित रंगेहात पक्राउ परेका १८ जना कर्मचारी (नाम सहित )
सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले स्थापना कालदेखि हाल सम्म एकजना विचौलिया सहित १८ जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको छ। अख्तियारको कार्यालय महेन्द्रनगरले २०७० सालदेखि हाल सम्म घुस रकम सहित एक जना विचौलिया र १७ कर्मचारी गरी १८ जनालाई रंगेहात पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा कार्यालय सहयोगी देखि उप सचिव स्तरका कर्मचारी रहेका छन्। उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले जनाएको छ। यस्तो छ रंगेहात पक्राउ परेकाहरुको सूची ।
१) भीम राज भट्ट, कार्यालय सहयोगी महाकाली यातायात व्यवस्था कार्यालय, कञ्चनपुर सेवाग्राहीबाट रु ३८०००।– घुस लिएको
२) यादव कुमार श्रेष्ठ नायब सुब्बा छोटी भन्सार कार्यालय खग्रौला कैलाले सेवाग्राहीबाट रु २४०००। – घुस लिएको
३) राजकुमार मल्ल सहायक बन अधिकृत सेक्टर वन कार्यालय बोलचौर सेवाग्राहीबाट रु २५५०।– घुस लिएको
४) बाबुराम मिजार रेन्जर ईलाका वन कार्यालय जगतपुर टीकापुर सेवाग्राहीबाट रु ५१०००।– घुस लिएको
५) नायब सुब्बा नरेन्द्र कुमार साउँद र कार्यालय सहयोगी टीकाराम जोशी राजस्व अनुसन्धान कार्यालय कोहलपुरको अस्थाई चेकपोष्ट अत्तरिया सेवाग्राहीबाट रु ४५००।– घुस लिएको
६) केदार शर्मा डिभिजन इन्जिनीयर जिल्ला प्राविधिक कार्यालय कंचनपुर , सब इन्जिनियर नविन कुमार दुवे, डण्डिराज पाण्डे, विरेन्द्र सिंह बडाल र लेखापाल केशवराज जोशी सेवाग्राहीबाट रु २०,७०,००० ।–घुस लिएको
७) हर्क बहादुर चन्द बिद्युत फ्युज सेवा गड्डाचौकीका ज्यालादारी कर्मचारी सेवाग्राही संग रु ५००० ।– घुस लिएको
८) रामनन्दन यादव प्रमुख बरिष्ठ कृषि अधिकृत, प्रधानमन्त्री कृषी आधुनिकीकरण गहु सुपरजोन परियोजना कैलाली सेवाग्राहीबाट रु २५ हजार रकम घुस लिएको
९) हरिशचन्द्र कुमार फरेष्टर सव डिभिजन वन कार्यालय भजनी सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारीबाट रु १०,००० घुस लिएको
१०) भरत शाह सहायक वन अधिकृत सब डिभिजन बन कार्यालय तारानगर कैलालि र लेखापढी व्यवसायी पुष्प जोशीसेवाग्राहीबाट रु ३००००।– घुस लिएको
११) राम प्रसाद भट्टराई नायव सुब्बा गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर सेवाग्राहीबाट रु १०,०००।– घुस लिएको
१२) हृदयराज बजगाई सब ईन्जिनियर बेलौरी नगरपालिका सेवाग्राहीबाट रु ६०,०००।–घुस लिएको