सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अटो दुर्घटना 

२०८० मंसिर ३, ०९:३८ खबर संवाददाता

बझाङः बझाङमा अटो दुर्घटना भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर-११ भोपुर स्थित पक्की सडक खण्डमा आज (आईतबार) बिहान ७ः १० बजेको समयमा अटो दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भएका छन्।

भोपुरबाट चैनपुर आउदै गरेको चन्द्रजंग चौहानले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको अटो एक्कासी अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए। घाईतेहरु जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।

कमेन्ट लोड गर्नुस