सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

२०८० मंसिर ३, ०६:११ खबर संवाददाता

धनगढीः धनगढीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–५ जाईका ३० वर्षीय लालबिर चौधरी र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का २४ वर्षीय प्रदिप धोवी शुक्रवार पक्राउ परेका हुन्।

चौधरीलाई धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट १ ग्रामसहित र धोवीलाई धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट १ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस