सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सूर्यको पूजा आराधना गरी छठ मनाइदै

२०८० मंसिर ३, ०५:४८ खबर संवाददाता

धनगढीः देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि (सोमवार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।
 

कमेन्ट लोड गर्नुस