सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहन्यालका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते

२०८० मंसिर २, १०:५०

धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको हो।

इलाका प्रहरी कार्यालय, सुखडका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुन्दरपुरमा ७ वर्षीष मेनुका भण्डारीलाई गाडीले ठक्कर दिएको छ। उनी घाइते भएकी छन्। बालिकाको खुट्टामा चोट लागेको छ। गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवारी थिएनन्। शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी चलाएको पाइएको प्रहरीले बताएको छ। बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार जारी छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

 

कमेन्ट लोड गर्नुस