सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ग्यालेक्सी स्कुलका ११ जना विद्यार्थीले पाए एमबीबीएस र इन्जिनियरिङमा छात्रवृत्ति

२०८० मंसिर १, ०६:२१ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को हसनपुरमा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले इन्जिनियरिङ र एमबीबीएस पढ्न छात्रवृत्ति कोटामा नाम निकालेका छन्।

चिकित्सक विज्ञान अध्ययन संस्थान (आइओएम) बाट छात्रवृत्ति कोटामा ६५ नम्बरमा सुशान्त मडैले नाम निकालेका छन् भने १० जनाले इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा नाम निकालेका हुन्।

स्कुलका सञ्चालक दिनेश पौडेलका अनुसार इन्जिनियर अध्ययन संस्थानमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीमा क्रमशः निशान उपाध्याय, विज्ञान अवस्थी, टेकराज भट्ट, प्रकाशसिंह बाघ, सुबोध भट्ट, सुरज भट्ट, निखिलसिंह बिष्ट, सिर्जना पन्त, अंकित जोशी, र प्रवेश कुँवरले पूर्ण छात्रवृत्ति तर्फ नाम निकालेका हुन्।

कमेन्ट लोड गर्नुस