सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु

२०७६ वैशाख १९, १०:३८ खबर संवाददाता

बझाङमा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ। बझाङको थलारा गाउँपालिका वडा नम्बर ५ को गौमते खोलामा  गएराती से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा ६ स्थायी ठेगना भएका सहचालक १९ वर्षीय टीका भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

भट्टराईको घटना स्थलमै मृत्यु भएको र दुर्घटनापछि जीप चालक थलाराकै ३० वर्षीया कमल साउँद भने फरार भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस