सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक प्रतिबन्धको विरुद्धमा आठ रिट

२०८० मंसिर १, ०३:२० खबर संवाददाता

काठमाडौँ : टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा आठ वटा रिट परेका छन्। टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्।

सर्वोच्चले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ वटा रिट पुगेको बताए। हाल ती रिटहरू अध्ययनका क्रममा रहेको उनले बताए।

गत कात्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन्।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीलगायत शुक्रवार रिट लिएर सर्वोच्च पुगेका थिए। टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमवार प्रारम्भिक सुनुवाइ हुने भएको छ।

गत कात्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन्।

 

कमेन्ट लोड गर्नुस