सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबासी अनियमित विद्युत कटौतीको मारमा

२०७६ वैशाख १९, ०७:३१ जनक विष्ट

देशलाई नै लोडसेडिङ मुक्त घोषणा गरिएका बेला धनगढीबासी भने  अनियमित विद्युत कटौतीको मारमा परेका छन्। गर्मी ह्वात्तै बढेका बेला नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विभिन्न कारण देखाउदै बेला–बेला अघोषित लोडसेडिङ गर्न थालेपछि प्रदेशको अस्थायी राजधानीबासीको जनजीवन कष्टकर बनेको छ। दिउँसोको समयमा अत्याधिक गर्मी भएकै बेला विद्युत कटौती हुँदा पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा दैनिकी कष्टकर भएको धनगढीका जगदिश पन्तले बताए।

उनले हिउँदमा दिउँसोको समयमा  बत्तिको आवश्यकता नपर्ने भएपनि गर्मीमा विजुली विना खाना बस्न समेत नसकिएको गुनासो गरे। धनगढी अर्को स्थानीय भुपेन्द्र धामीले विद्युत प्राधिकरणले मन लागेको समयमा विद्युत कटौती गर्ने गरेको आरोप लगाए। उनले सम्बन्धीत निकायले सर्वसाधारणको पिर मर्का नबुझेको बताए।

विद्युत प्राधिकरणले प्राविधिक समस्या र मर्मतको कारण देखाउदै पूर्व सूचना नै नदिएर मनपरी हिसाबले विद्युत काट्ने गर्दा विद्युतीय उपकरणमा थप क्षती पुग्ने भन्दै स्थानीय चिन्तित समेत भएका छन्। स्थानीय मनोज भट्टले प्रविधिको युगमा भईरहेको अघोषित लोडसेडिङले सर्वसाधारणलाई सास्ती हुनुका साथै उद्योग, कलकारखाना समेत ठप्प भएको बताए।

उनले प्रविधिको विकाससंगै विद्युतको माग बढेपनि सम्बन्धीत नीकायले व्यवस्थापन गर्न नसकेको बताए। स्थानीयहरुले अघोषित लोडसेडिङ भन्दा तालिका बनाएरै विद्युत कटौती गर्न समेत माग गरेका छन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी शाखाले भने लाईन मर्मतको कारण विद्युती कटौती गर्नुपरेको दावी गर्दै आएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस