सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अटो दुर्घटना, चालकसहित २ जनाको मृत्युु

२०८० कार्तिक ३०, ०८:४५ खबर संवाददाता

अछामः अछाममा अटो दुर्घटना भएको छ। दुर्घटना गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्बर-४ का दिपक बोहरा र वडा नम्बर-२ का जनक खड्काको उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।

कमलबजारबाट दैलेख तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा परि ४ जना घाइते भएका छन।

कमलबजार नगरपालिका वडा नम्बर-४ का दिनेश साउद, सोही वडा लक्ष्मण थापा, वडा नम्बर-८ का बिरेन्द्र बिष्ट र सोही वडाकै देबेन्द्र बिष्ट घाइते भएका हुन्। घाइते चारै जनालाई उपचारका लागि कमलबजार स्वास्थ्य चौकीमा पठाइएको पाठकले बताए। बुधबार राति १२ बजेतिर अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। अटो सडक बाट ५० मिटर तल खसेको थियो।
 

कमेन्ट लोड गर्नुस