सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नेपाली सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर

२०७६ वैशाख १८, ०७:३१ डीवि विष्ट

बझाङमा स्थानीयको उपचारमा नेपाली सेना खटिएको छ। गर्मी बढ्दै गएपछि विभिन्न रोगको प्रकोप फैलिने सक्ने कुरालाई मध्यनजर गर्दै  स्थानीलाई स्वास्थ्य सम्बन्धी जनचेतना जगाउदै सेना उपचारमा खटिएको हो। जिल्लाको संग्राम सार्दुल गुल्मका सेनाहरु स्थानीयको स्वास्थ्य उपचार गर्न खटिएका हुन्।

सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण सुरु गरेको हो। सेनाले बुधबार जयपृथ्वी नगरपालीका ३ हेमन्तबाडा पडेशमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य परिक्षण गर्दै परामर्श समेत प्रदान गरेको सेनानी केदार प्रसाद लामिछानेले जानकारी दिए। स्वास्थ्य शिविरमा हेमन्तवाडाका झण्डै २ सय स्थानीयले सेवा लिएको उनले बताए। 

  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस