सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगरबाट १५० किलोग्राम भारतीय फूल बरामद

२०८० कार्तिक २८, ०९:१५ खबर संवाददाता

धनगढीः कैलालीको त्रिनगरबाट १५० किलोग्राम भारतीय फूल बरामद गरिएको छ। भारतबाट आयात गरिएको फूल सशस्त्र प्रहरीले बरामद गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार मङ्गलवार १५० किलोग्राम भारतीय फूल सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेर कैलाली भन्सार कार्यालयलाई बुझाएको हो।

नेपाल सरकारले भारतबाट फूल आयात नगर्ने सार्वजनिक सूचना जारी गरेको थियो। धनगढी उपमहानगरपालिकाले समेत भारतीय फूल तथा प्लास्टिकका माला आयात नगर्न भनेको थियो। उपमहानगरपालिका भित्रका किसानले फूल उत्पादन गरेकाले भारतबाट फूल र माला आयात नगर्न भनिएको हो।

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीलेसमेत बजार क्षेत्रमा प्लास्टिकका माला तथा भारतीय फूल आयात भए/नभएको स्थलगत अनुगमन गर्दै आएको छ। धनगढीमा फूलको उत्दान नहुने भएकाले भारतबाट फूल तथा प्लास्टिकका माला आयात हुँदै आएका थिए। 

 

कमेन्ट लोड गर्नुस