सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्धारा घोडाघोडी मन्दिरका वटुकलाई खाद्यान्न सहयोग

२०७६ वैशाख १८, ०७:०६

सुदूपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको घोडाघोडी मन्दिरमा रहेको आश्रममा बसोबास गर्दै आएका वटुकहरुलाई खाद्यान्न सहयोग गरेका छन्। मुख्यमन्त्री भट्टले व्यक्तिगत रुपमा आश्रममा बसेर संस्कृत भाषा अध्ययन गरिरहेका वटुकहरुलाई आज खाद्यान्न सहयोग गरेका हुन्। आश्रममा बस्दै आएका ३४  जना बटुकहरु खाद्यान्न अभावमा समस्यामा परेको कुरा थाहा पाएपछी मुख्यमन्त्री भट्टले व्यक्तिगत रुपमा तीन क्वीन्टल चामल सहयोग स्वरुप प्रदान गरेको उनका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए। मुख्यमन्त्रीले आश्रमलाई सहयोग स्वरुप दिएको खाद्यान्न स्वकीय सचिव ओलीले हस्तान्तरण गरेका हुन्। यस्तै धनगढीका स्थानीय हरिशंकर ठाकुर, पदम ओझा र डबल बहादुर शाहले पनि आश्रमलाई संयुक्त रुपमा ५०÷५० किलो चामल तथा ५० किलो दाल हस्तान्तरण गरेका छन्। 

कमेन्ट लोड गर्नुस