सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउसी-भैलो खेल्दै नेपाली सेना

तस्बिर: पुष्कर भण्डारी
तस्बिर: पुष्कर भण्डारी
२०८० कार्तिक २८, १०:२४

धनगढीः डडेल्धुरामा नेपाली सेनाले देउसी–भैलो खेलेको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ दह गणले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको हो।

अमरगढी नगरपालिक वडा नम्बर ५ स्थित बागबजारको बसपार्कमा नेपाली सेनाले नेपाली देउसी–भैलो संस्कृति झल्काउने उद्देश्यका साथ देउसी–भैलो कार्यक्रमको आयोजना गरेको गणका गणपति प्रमुख सेनानी प्रवीण थापाले बताए। तिहारको पाँच दिन धूमधामसँग देउसी–भैलो खेल्ने चलन रहेको भए पनि पछिल्ला दिनहरूमा मौलिक भैलो हराउँदै गएको छ।पुरानो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको हो।

नेपाली सेनाका जवानहरूले नेपाली पोसाक दौरा–सुरुवाल र ढाका टोपी, चोलो, पटुकीसहित आकर्षक पोसाकमा सजिएर देउसी भैलो भट्ट्याउनै खेलेका छन्। देउसी–भैलो कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयहरूको उपस्थिति थियो।

 

कमेन्ट लोड गर्नुस