सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ८ स्थानमा पानीका बोतल राख्ने डस्टविन 

२०८० कार्तिक २७, ०८:२८ खबर संवाददाता

धनगढीः धनगढीको ८ स्थानमा पानीका बोतल राख्ने डस्टविन राखिएको छ। धनगढी वडा नम्बर–८ को फुलवारी बस पार्क भित्र जाने बाटो र निस्किने बाटोमा २ वटा, बेलौरी बसपार्कमा २ वटा र धनगढी चौराहा गाडी रोकिने स्थानमा ४ वटा गरि जम्मा ८ वटा पानीका खाली बोतल राख्ने डस्टविन राखिएको हो।

धनगढी उपमहानगरपालिकाका सडकमा यात्रु र स्थानीयहरूले पानी खाएर खाली बोतल जथाभावी फाल्ने गरेकाले फोहर भइरहेको हुँदा आज डस्टविन राखिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस