सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नन्दभाउजूको 'हाम्रो नेपाली मिठो अचार'

२०८० कार्तिक २७, ०५:४६ खबर संवाददाता

धनगढीः धनगढी–१९ पच्चीसघरमा 'हाम्रो नेपाली मिठो अचार' नामको अचार उद्योग खुलेको छ। धनगढी–१९ स्थित पच्चीसघरका नन्दभाउजू नाता पर्ने रिना बस्नेत र शान्ति कार्कीले 'हाम्रो नेपाली मिठो अचार' बजारमा ल्याएका हुन्।

धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबार आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन्। करिब एक लाखको लगानीमा सुरू गरेको अचार उद्योगमा अहिले एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालक रिना बस्नेतले बताए।

आधा किलोग्राम र तीन सय ग्रामका डिब्बामा आफ्नो उद्योगको अचार बिक्रीका लागि उपलब्ध रहेको बस्नेतले बताइन्। अचार उद्योगको सोमबार एक समारोहका बिच १९ नम्बरका वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन्। उद्योग सञ्चालक बस्नेतले सबै किसिमको अचार बनाएर धनगढी लगायत देशका अन्य ठाउँमा पनि बिक्री वितरण गर्ने लक्ष्य रहेको  बताएकी छन्।

कमेन्ट लोड गर्नुस