सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुकुमपश्चिममा राहत सामग्रीमा आगजनी, दुईजना पक्राउ

२०८० कार्तिक २६, ०९:१३

रुकुमपश्चिमः रुकुमपश्चिममा भूकम्प पीडितहरुको राहत सामाग्रीमा  आगजनी गरिएको छ। आइतवार बेलुका राहत सामग्रीमा चित्त नबुझेको भन्दै सानीभेरी गाउँपालिका २ को परिगाउँ टोलमा भूकम्प प्रभावितहरुको राहत सामग्रीमा आगो लगाइएको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले राहत सामग्री आगजनी गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको बताएका छन। उनका अनुसार सोही वडाका गोपाल बुढा र खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाइ छ। उनीहरुले आफूले पाएका कम्बलमा समेत आगो लगाएका थिए। 

वडा कार्यालयबाट परिगाउँ टोलमा पठाइएका राहत सामग्रीमा आगो लगाइएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरुका लागि वडामा प्राप्त राहत सामग्रीहरु सम्बन्धित टोलहरुमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजानी भएको हो। 
 

कमेन्ट लोड गर्नुस