सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटना

२०८० कार्तिक २६, ०५:५७ खबर संवाददाता

डोटीः डोटीमा जिप दुर्घटना भएको छ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका–२ बुहार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

जिप दुर्घटनामा चालक ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–२ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएको प्रहरीले बताएको छ। घाइते दुबै जनाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। जिपमा दुई जना मात्रै सवार थिए। जिप सडकबाट ६० मिटर तल खसेको थियो।

कमेन्ट लोड गर्नुस