सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा चालकको मनोमानी, एम्बुलेन्सकै लेनमा मनपरी

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक २६, ०४:२४ कमल सावद

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक १४ दशमलव २ किलोमिटर लम्बाइको छ। ६ लेन सडकको तीन ठाउँमा अस्थायी रूपमा ट्राफिक प्रहरीको नियमित उपस्थिति हुन्छ।

धनगढीको ट्राफिक चौराह, राजपुर चौराह र गेटामा सधैँ ट्राफिक हुन्छन्। तर, मोहनापुल–अत्तरिया ६ लेन सडकका बाँकी स्थानमा भने ट्राफिक नियमको उलङ्घन हुँदै आएको छ। ट्रक, टिप्पर तथा ठूला मालवहाक सवारी साधनहरू तीव्र गतिमा लेन अनुशासन विपरीत सञ्चालन हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख दीपक मल्लले बताए। उनले भने, ‘६ लेन सडकमा कार्यकक्षमा मैले फोटो पनि राखेको छु। दाइनेतिरको लेनमा गाडी चलाउने होइन। एम्बुलन्स र दमकलहरु मात्र चलाउने, ओभरटेक गर्ने हो। त्यो पछिको दोस्रोमा गाडीहरु चलाउने हो। तर, ट्रक चालकहरुले यो लेनमा चलाउदै आएका छन।’

सुदूरपश्चिमको एक मात्र मोहनापुल–अत्तरिया ६ लनको सडक हो। धनगढी–अत्तरिया ६ लेन सडकमा सर्भिस लेनसहित ६ वटा लेन रहेका छन्। साइकल लेनसमेत निर्माण गर्ने तयारी गरिएको छ। तर, सवारी चालकहरूले मनोमानी रूपमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ। धनगढीबाट अत्तरियातिर जाँदा पश्चिम तिरको लेनमा सवारी चडाउने, सवारी ओराल्ने तथा मालसामान लोड/अनलोड गर्ने हो। तर, उक्त लेनमा सवारी पार्किङ गरिएको हुन्छ। पश्चिमबाट दोस्रो लेनमा विद्युतीय रिक्सा लगायत हलुका सवारी सञ्चालन गर्नुपर्ने हो।

तर हलुका सवारीसाधन समेत एम्बुलेन्स, दमकल लगाएका सवारी सञ्चालन हुनुपर्ने लेनमा आफुअनुकुल चल्ने गरेको देखिएको छ। ठुला सवारीका चालकहरूले एम्बुलेन्स र दमकलहरूको लेन छोड्दै नछोड्ने गरेको समेत देखिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडको लेन अनुशासन पालन नगर्नेमा सबैभन्दा बढी टिप्पर चालक, ट्रक तथा ट्याङ्करका चालकहरू छन्। उनीहरूको गति ४० किलोमिटर प्रतिघण्टा हुने भएपनि ६० किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा हुँइकीने गरेको पाइएको छ। मालवहाक सवारी चालकहरुले ओभर टेक गर्ने लेनमा सवारी चलाउदा बाँया तिरबाट ओभरटेक गर्नुपर्ने बाध्यता रहेको छ। बायाँतिरबाट ओभर टेक गर्नु ट्राफिक नियमको उलङ्घन हो भने दुर्घटना समेत हुने मल्लले बताए।

सुदूरपश्चिममा लेन अनुशासन नयाँ भएकाले कारबाही नगरेको ट्राफिक प्रहरीको तर्क छ। तर, लेन अनुशासन नमानेकै कारण दुर्घटना समेत हुने गरेको पछिल्ला घटनाक्रमले देखाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस